तमु ल्होसार र उधौली पर्वको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्याक्त

.

१५ पुस, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिले तमु ल्होसार र उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

यी पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

यस्तै उपराट्रपति नन्दबहादुर पुन पासाङले शुभकामना व्यक्त गर्दै अहिले जनतामा नैराश्यता आएकोले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । उनले खुसी नेपाली र समृद्ध नेपालको कामना गरेका छन् । यस्तै, पूर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले पनि शुभकामना व्यक्त गर्दै सबै समुदाय एक भएर अधिकार र संविधानको रक्षा गर्नु पर्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार