केपी ओलीको असंवैधानिक कदमको भण्डारफोर गर्ने भन्दै जसपाको बृहत रयाली

.

१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी ९जसपा०नेपालले आज आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । सो प्रर्दशनमा जसपाका हजारौं कार्यकताले सहभागीता जनाएका थिए । जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । त्यो जुलुस् पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत परिणत भएको थियो ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा। बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई , राजेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए । संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संसद विघटन गर्ने कुनै अधिकार केपी ओलीसँग नभएको पूर्व प्रधान मन्त्रि समेत रहेक डा. बाब ुराम भट्टराईले बताउनु भयो । अब सबै राजनीतिक पार्टी एक जुट भएर ओलीको असंवैधानिक कदम बिरुद्ध उभिनुको बिकल्प नभएको पनि डा.भट्टराईले बताए ।

ओलीले चुनाव गर्ने बाहानामा सत्ता र कुर्सी टिकाउने खेल खेलेको बताउदै यसका पछाडी कुनै पार्टी नलाग्न पनि आग्रह गर्नु भयो । यो मौका पारेर त्यो चुनावबाट अब ठूलो पार्टी बन्ने धाउ काँग्रेसले देखेको छ भने त्यो दिवा सपना मात्र हुने पनि भट्टराईले जानकारी गराए । २०१७ सालको राजा महेन्द्रको ‘कु; पछि फेरि ओली शासनको प्रतिगमन आएको जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

एकलौटी शासनबाट सत्ता टिकाउने खेल ओलीले खेलेकोले सबै राजनीतिक ढल एक ठाउँमा उभिएर यसको भण्दाफोर गर्नुपर्ने पनि उहाँले अपिल गर्नु भयो । वरिष्ठ नेता अशोक राईले पनि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कदम गलत र असंवैधानिक भएको बताए । ओली प्रतिगमनकारी भएको भन्दै उहाको कदम बिहेमा बजाउने पञ्चैबाजा मलामीको गहना जस्तो भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार