
१२,पौष,काठमाण्डौं । वीरेन्द्र सैनिक अस्पतालमा सेवारत एक विशेषज्ञ चिकित्सकको निधन भएको छ। नाक, कान, घाँटी रोग विशेषज्ञ डा। विवेक बिक्रम खत्रीको आज निधन भएको अस्पतालले स्रोतले जनाएको छ। अस्पतालमा कार्यरत प्राविधिक सेनानी डा।खत्रीलाई मुटुको समस्या देखिएको थियो।
४३ वर्षका डा। खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो। उनले सरकारी सेवामा प्रवेश गरेको १५ वर्ष भइसकेको थियो। सैनिक अस्पतालसँगै उनी वयोधा अस्पतालमा पनि कार्यरत थिए । उनकी श्रीमती पनि दन्तरोग विशेषज्ञ हुन। खत्रीका एक छोरा र एक छोरी छन्।
एकमात्र छोरा गुमाएको उल्लेख बुबा विदुर खत्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत स्तब्ध बनेको बताएका छन्। उनले लेखेका छन – दुस्ख’द क्षण हामी ज्यादै म’र्माहत तथा स्तब्ध छौँ हाम्रा एक मात्र सुपुत्र डा. विवेक विक्रम खत्री बुहारी डा.. Pragya Chalise खत्रीको पतिको आज अ’ल्पायु ९४३ वर्षको , तथा अ’कल्पनीय निधन भयो । ऊ श्री वीरेन्द्र अस्पताल (नेपाली सेनाको) छाउनीमा सेनानी डाक्टर E’NT D’ept मा कार्यरत थियो ।