संसद विघटनविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै, को को परे न्यायधीश ?

.

राज कुमार राई,१०, पौष–काठमाण्डौं । संसद विघटनविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् । सामान्यता वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो ।

तर प्रधानन्यायाधीश जबराले यो पटक न्याय परिषद्ले उपलब्ध गराएको १४ न्यायाधीशको रोष्टरबाट न्यायाधीश छनोट गरेका छन् । जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मीरा खड्कालाई इजलासमा समेटनु भएको छैनन् । यो कदमले सर्वोच्च अदालतको कार्यप्रती पनि शंकाको घेरा पैदा भएको छ ।

सरकारले गत मंगलबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो । त्यसविरुद्ध परेका दर्जन बढी रिटमा प्रारम्भीक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो । अहिले यहि प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड र माधव कुमार नेपल समूहले माईतीघर मण्डलामा वृहत रुपमा प्रर्दशन गरि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार