प्रचण्ड माधव नेपाल समूहद्वारा माईतीघर मण्डलामा वृहत प्रर्दशन

.

राज कुमार राई,१०, पौष–काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका शीर्ष नेताहरुले माइतीघर मण्डलामा वृहत प्रर्दशन गरेका छन् । हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् ।

प्रचण्ड–नेपाल समूहले आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले बाग्लो रुपमा त्यहा सुरक्षकर्मी परिचालन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि नेकपा फुटको अवस्थामा पुगेको थियो । एकताकोेप्रक्रिया राम्रोसँग नभईकन नै प्रचण्ड र केपी ओली दुई चिरा भएका हुन् ।

उनीहरू कालो ब्यानरसहित अहिले प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार