मेरो देश
लेख्छौ तिमि शब्द बाण हरू कति कति प्रेम र श्रृङ्गारको ।
खेल्छौ तिमी अझ कति रति रस हांस्य, रौद्र अनि वीरको ।
रुन्छिन आमा धर धरकन हेरी तिम्रा ति सुस्ताइ रहेको मन ।
आशै आशमा नग्न भइसकीन आमा अब त जुर्मुराउ ब्यूँझीकन ।।
को हुनन् र कस्का प्रतिक्षमा छौ अब पनि, अर्जुन बनौ सब जन् ।
कृष्ण सारथी हुनन् कही कतै पगमा, श्रष्टा साहित्यिक मन ।।
चौतर्फी तिर बाट धावा बोलीसके सबले, सैन्य सहित कौरव ।
लौ चम्काउ खुडा र खुकुरी लिइकन, रक्षा गरौ देश अव ।।
दुष्टयाई छ दुशाशन सरी दक्षिण भेक, लम्कयाई रहेछ हात ।
कप्टयाई छ शकुनी सरी उत्तर तिरलाई, कुटनीति बाटै छेक ।।
दुर्योधन र दुशाशन बिच भईन, एक्लो वरा दौप्रदी ।
पाण्डव झै शिष झुकाएर नवस सखा हरू हो, लौ आउ कम्मर कसी ।।
घन्काऊॅ अब बिद्रोहको शंखनाद गरी, ज्वाला फटाउने गरी ।
लडछौ अव सागर बनि शब्द बाण को, सामर्थ्य देखाउने गरी ।।
उत्तर मित्र सिखन्डि बनाइकन अब दक्षिण संहार गरौ ।
दुशाशन को रक्त लिएर मात्र अब त माता श्रृङ्गार गरौ ।।
जदौ हजुर
मेरो देश:लेख्छौ तिमि शब्द बाण हरू कति कति प्रेम र श्रृङ्गारको
.