पानी पिउन पनि नपाउने गरी प्रधानमन्त्रीलाई कार्बाही गर्ने तयारी

.

 

राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । पूर्व संचारमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी भएको सन्देश आफूलाई सुनाएको दाबी गरेका छन्। उनले कसले उक्त सन्देश सुनाएको भन्नेमा केही खुलाएनन्। प्रधानमन्त्रीलाई दुई हप्ताभित्र पानी पिउन पनि नपाउने गरी कारवाही गर्ने तयारी भएको सन्देश सुनाएका छन्,’ बास्कोटाले डिसी नेपालसँग भने, ‘कस्तो कारवाही गर्ने हुन् त्यो चाँही उतैलाई सोध्नुपर्छ।

बसेर छलफल गर्नुपर्ने विषयलाई सार्वजनिक रुपमा अल्टिमेटम दिने काम भइरहेको र यो गलत हुने उनको भनाइ थियो। उनले प्रधानमन्त्री आफैं संस्थापन भएकाले अरु कसैले कारवाही गर्न नसक्ने बताए। अल्टिमेटम दिने पक्षले कुनै कदम चाले अर्को पक्षले पनि त्यसको सामना गर्ने गरी तयारी गरेको हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले कुनै गुट गर्नु भएको छैन, गुट अरुले गरेको हो।

प्रधानमन्त्री आफैं संस्था हो किनभने उहाँ निर्वाचित अध्यक्ष पनि हो। जननिर्वाचित प्रधानमन्त्री पनि हो। उहाँले गुटबन्दी गर्नुपर्ने कारण नै छैन। गुटबन्दी त अरुले नै गरिरहेका हुन्छन्। उनले तीन–तीन महिनामा किन प्रधानमन्त्रीमाथि तलवार उठाइराख्नु पर्यो भन्दै जसले २४ घण्टा गुटबन्दी गरिरहेका व्यक्तिले नै प्रधानमन्त्रीलाई गुटबन्दी गरेको आरोप लगाएको दाबी गरे।

उनले प्रधानमन्त्री संस्थापक पक्ष भएकाले गुटबन्दी गर्नु पर्ने आवश्यकता नरहेको बताए। पछिल्लो समयमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्ने क्रम चलेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार