पुजारी भण्डारीलाई रिहाईको माग गर्दै ज्ञापण बुझाउन जादा पशुपति विकासका कोषका पदाधीकारीहरु फरार

.

राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । प्रहरी हिरासतमा रहेका पुजारी भण्डारीलाई रिहाईको माग गर्दै उनका संरक्षकहरुले आईतबार लिखित ज्ञापण पत्र बुझाउन गएका छन् । ज्ञापणपत्र बुझाउन आउने जानकारी पाएपछि पशुपति विकासका कोषका पदाधीकारीहरु भने फरार भएका हुन् ।

भण्डारीको रिहाईको माग सहितको लिखित पत्र लिएर जादा संवन्धित कोही पनि पधादीकारीहरु नरहेको विश्वभक्त होम बहादुर कार्कीले बताउनु भयो । कार्यलयमा पत्र बुझ्ने कोही पनि नभए पछि रित्तो हात फर्किएको पनि उनले बताए ।

भण्डारी केही दिन अगाडी मात्र पशुपति विकासका कोषका पदाधीकारीलाई कालो मोसो गाएको आरोपमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार