क्यान्सर पीडित अर्जुन राईको खुट्टा काटन ४० लाखको अभाव

.

 

राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं ।  विगत ७ महिनादेखि तिघ्राको हड्डी)क्यान्सर भएर थला परेका उर्लाबारी(१ मोरगं,९पिपलडाँगी० निवासी क्यान्सर पीडित अर्जुन राईको अन्तत खुट्टा काटनु पर्ने भएको छ । खुट्टा काटनकै लागि अहिले उनलाई ४० लाखको आवश्यकता परेको छ । उनी ईन्द्र बहादुर राईका १६ वर्षीय छोरा हुन् । भरतपुर क्यान्सर हस्पिटलका डक्टरहरुले खुट्टा काटन मात्र ४० लाख लाग्ने बताएपछि अहिले अर्जुन राईको परिवार तनावमा परेका छन् ।

अर्जुन राईको पिता ईन्द्र बहादुर राई पनि अपांग भएको र उनको आर्थिक स्थिति पनि एकदै कमजोर रहेको छ । भरतपुर क्यान्सर हस्पिटलका डक्टरहरुले अर्जुन)राईको तिघ्रामा द्ययलभ अबलअभच घ कतबनभ भएको छ भनेर बताएका छन् । आफ्नो छोरा बचाईदिनुस भन्दै बिभिन्न ठाउमा धाए तर कोरोना संक्रमितको कारण विभिन्न समस्या आएपछि नागरिक आवाज मिडियाले यस विषयमा समाचार प्रकाशन गर्दै आएको ईन्द्र बहादुर राईले बताए ।

पीडित अर्जुन राईको लागि अहिले प्रत्येक महिना ५० देखि ६० हजार खर्च हुने गरेको छ । ज्याला मजदुरी गरेर खाने परिवारलाई त्यसैपनि गार्हो भएको छ । पीडित अर्जुन राईलाई पहिले पनि भद्रपुर, बिर्तामोड, धरान, बिराटनगर सबै हस्पिटल तिर लगिएको हो । तर अन्त्यमा नसकेर भरतपुर चितवान, भक्तपुर पुर्एको पीडि परिवारले बताएको छ । खुट्टा काट्नै पर्छ भन्दा आर्थिक अभावले नसकेर आयुर्बेदिक तिर लागेको पिडितको बुबा बताउनु हुन्छ । बरिष्ठ समाजसेवि लिला राई फाउण्डेशन सस्थाका अध्यक्ष लिला राईले अर्जुन राईलाई रु एक लाख सहयोग गर्नु भएको छ ।

साथै अन्य विभिन्न पिडामा परेका पीडितहरुलाई विगतका दिनहरुमा विभिन्न सहयोग गर्दै आउनु भएको छ । यस्तै क्रममा लिला राई फाउण्डेशन बाट विर्तामोड गोलिकान्डमा घाइते हुनु भएका मणि नेपालीको घर बनाउन पनि सहयोग गर्दै आउनु भएको छ । त्यति मात्र नभएर दिन रात दिन दुखी पीडित कै उद्दारका लागि हाल युकेलाई कर्मथलो बनाई नेपालमा दुःखमा परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

यस्तै गरि अन्य पीडिहरुका लागि अरु देशहरुबाट पनि यस किसिमको अभियान सञ्चालन हँुदै आएको नागरिक आवजका संचालक दिलिप राई र मेरि राईले बताउनु भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार