भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको दज्र्यानी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधान

.

राज कुमार राई,२१,कात्तिक–काठमाण्डौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको दज्र्यानी चिन्ह राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरेकी छन् । मनोज मुकुन्द नरवणे नेपाली सेनाको ‘मानार्थ महारथी’ बनेका छन् । नरवणे नेपाली सेनाको मानार्थ महारथी पाउने १८ औं भारतीय स्थल सेनाध्यक्ष हुन् । दशकौँदेखि परम्परा धान्ने नाममा यस्तो अभ्यास जारी रहे पनि दुई देशबीचको सम्बन्धमा बारम्बार उतारचढाव आउने गरेको छ ।

कतिसम्म भने, नेपाली भूभाग कालापानीमा भारतीय सेनाले क्याम्प नै खडा गरेको छ । भारतीय सेनाको क्याम्प आसपास नेपाली नागरिकको त परै जाओस्, हाम्रा सुरक्षाकर्मीको समेत पहुँच छैन । परम्परा धान्नकै लागि एक अर्का मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिइरहने तर समस्या ज्यूँका त्यूँ रहने हो भने यस्तो परम्परालाई किन निरन्तरता दिइरहनु भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्न थालेको छ । दुई पटकसम्म नाकाबन्दी, लामो समयदेखि अल्झिएको सीमा विवाद र भारतीय सेना प्रमुखबाटै सीमा सम्बन्धमा विवादास्पद अभिव्यक्तिका बाबजुद दुई देशबीचको यस खालको सैन्य सम्बन्ध र परम्पराले आपसी सम्बन्धलाई कति सुधार गरेको छ भन्ने प्रश्न पनि आफैमा महत्वपूर्ण छ ।

भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको पनि मानार्थ महारथी भएकै कारण हामीले कालापानीमा भारतीय सेनालाई परेड खेल्न दिनु परेको हो त रु होइन भने यो परम्पराले एक अर्को मुलुकको सार्वभौमिकता, आत्मसम्मानलाई कति महत्व दिएको छ भन्नेबारे पनि मूल्यांकन गर्नुपर्ने समय आइसकेको देखिन्छ । सुरक्षा मामलाका जानकार इन्द्र अधिकारी सेनामा मानार्थको परम्परा ब्रिटिसहरुकैै पालामा सुरु भएर आधुनिक भारत र नेपालले सहमतिमै निरन्तरता दिएको बताउँछिन् । यसरी परम्पराहरुले निरन्तरता पाउनुमा दुवै देश लाभान्वित भएका छन् भनेर बुझ्नुपर्ने उनको भनाइ छ ।

सैन्य कुटनीतिकै अवधारणाको कुरा गर्ने हो भने पनि अरु देशमा सैन्य कुटनीतिको अवधारणाले काम गर्छ तर नेपाल र भारतबीचको सम्बन्धलाई सैन्य कुटनीतिभन्दा पनि सैन्य भ्रातृत्वको सम्बन्धजसरी विकसित भएको उनले बताइन् । भारतले नेपालमा लगाएको नाकाबन्दी र जसलाई हामीले मानार्थ महारथी दियौँ, उनले केही समयअघि सीमाबारे दिएको अभिव्यक्तिका कुरा पनि नभएका होइनन्,’ उनले भनिन्, ‘नाकाबन्दीका बेलामा हाम्रा थुप्रै कुटनीतिक च्यानलहरु प्रयोग भएका थिए तर ती च्यानलहरुसँगै सैन्य च्यानल पनि प्रयोग भएको थियो । त्यसबेला सैन्य च्यानल नै प्रभावकारी र विश्वसनीय देखिएको र त्यसैको परिणामस्वरुप नाकाबन्दी खुलेको उनले बताइन् ।

नेपाली सेनाले भारतीय सेना हुँदै त्यहाँको सरकारसँग पु¥याएको कुराले अर्थ राख्ने गर्छ भनेर यसबाट पनि बुझन् सकिने उनको भनाइ छ । ‘जहाँसम्म नरवणेको प्रसंग छ, उनले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिको कुरा छ, त्यो गैरजिम्मेवार र अमर्यादित थियो । उनी हाम्रा मानार्थ जनरल हुँदै थिए,’ उनले भनिन्, ‘त्यो पनि को भन्दा एक सैन्य अधिकारी, जो उनले पेशागत भन्दा बाहिर गएर राजनीतिक प्रतिकृया दिएका थिए, त्यो शोभनीय थिएन । तर आज उनले त्यो कुरा रियलाइज गरेर आएको हुनुपर्ने सैन्यविद अधिकारीको विश्वास छ । नेपालको सम्बन्धमा गैरपेशागत वक्तव्यवाजी गर्ने भारतीय सेनाप्रमुखलाई नेपालले किन स्वागत ग¥यो भन्ने एउटा प्रश्न रहन्छ,’ उनले भनिन्, ‘तर त्यो प्रश्न भनेको छोटो विचारबाट निर्देशत हुन्छ ।

किनभने डिप्लोमेसीमा जसरी राजनीतिज्ञहरु अलिकति फाइदा लिनु छ भने लचक्क पर्ने र चित्त दुख्दा ठसक्क गर्ने गर्दा सम्वन्ध सुधारको साटो बिग्रने गर्छ । तर सेनाले राजनीतिक वक्तव्यवाजी गर्दैन, यद्यपि नरवणेले गरे । त्यो हाम्रा लागि प्रतिकृयात्मक पनि भयो । सायद उनको यो उपस्थिति त्यसैको रियलाइजेसन र कोर्स करेक्सन गर्ने मौका हो भन्ने आफ्नो बुझाइ रहेको उनले बताइन् । ‘जस्तो कि, हाम्रो नेपाल आर्मीले त्यही ढंगको प्रतिकृया किन दिएन त रु भन्दा नेपाल आर्मीले आफ्नो पेशागत मर्यादा बुझ्यो र त्यस्तो वक्तव्यवाजी गरेन,’ उनले भनिन्, ‘सीमाकै विषयमा पनि एक वर्षदेखि नेपाल र भारतबीच कुटनीतिक वार्ता किन हुन सकेन त रु हालै रअ प्रमुख पनि आए, त्यसबारेमा पनि हामीले विवादास्पद कुरा ग¥यौँ, तर उनी यिनै नरवणेको भ्रमणका लागि भूमिका बनाउन आएका थिए ।

यस्तो बेलामा नेपालले आफ्नो अडान प्रस्तुत गर्ने अवसरका रुपमा लिनुपर्ने उनले प्रस्ट पारिन् । सैनिक इतिहासका जानकारहरुका अनुसार राणा प्रधानमन्त्री वीर शमशेरको पालामा दुई देशबीच सेनामा ‘मानार्थ’ दिने चलन शुरु गरिएको थियो । सेनाका अवकाश प्राप्त सहायकरथी प्रेमसिंह बस्न्यातका अनुसार तत्कालीन ब्रिटिस इन्डियाले वीर शमशेरलाई ‘लेफ्टीनेन्ट कर्णेल’को सम्मान दिएको थियो । त्यसपछि, सो परम्परा सुरु भएको उनले बताए । सन्, १८१५ मे १५ मा बडाकाजी अमरसिंह थापा र डेविड अक्टर लोहनीका बीचमा ‘ब्रिटिस आर्मीमा भर्नाका लागि बहालवाला नेपाली सेना र कुनै पनि नेपाली नागरिकलाई नरोक्ने’ सम्झौता भयो ।

तर, जंगबहादुरले सो सम्झौता तोडेर ब्रिटिस सेनामा भर्ना हुन रोक लगाए । जंगबहादुरका भाई रणदीपले पनि नेपाली युवालाई ‘लाहुर’ जान रोक्ने नीतिलाई निरन्तरता दिएका थिए । ब्रिटिस आर्मीमा भर्ना हुन जानुलाई त्यतिबेला ‘लाहुर जाने’ भनिन्थ्यो । पछि, वीर शमशेर सत्तामा पुगे । उनी तक्मा र पदका भोगी थिए । वीर शमसेरलाई मानार्थको सम्मान दिएर ब्रिटिस इन्डियाले नेपाली युवालाई ब्रिटिस आर्मीमा भर्ना खुल्ला गर्नेगरी नेपालको ‘परराष्ट्र नीति’ नै परिवर्तन गराएको बताउँछन् पूर्व सहायकरथी बस्न्यात । नेपालले पनि ब्रिटिस आर्मीलाई मानार्थ जर्नेलको सम्मान दिन थाल्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार