राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहचलबाट आठ हजार घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ।
आयोगको टोलीले बुधबार विभागका सवारी चालक धनबहादुर तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरीलाई नियन्त्रणमा लिएको हो। वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै उनीहरुले रकम उठाएका थिए।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।