
- खेम मोक्तान
चरिकोट । शैलुङ गाउँपालिका ४ मागापौवा, मानेडाँडामा ञ्युङने (मौन व्रत) सुरु भएको छ । दोलखा जिल्लामा पहिलो पटक लिपि तथा बौद्ध शिक्षा व्यवस्थापन समितीले ञ्युङने कार्यक्रम राखेको हो ।
धर्म गुरु खेन्पो सोनाम छिरिङ लामा र ग्याल्जेन लामाले मौन व्रतको विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ । मौन व्रतमा यसको महत्व, यसको प्रक्रिया, शील, कल्प कल्पसम्म प्राप्त हुने प्रतिफलको विषयमा समेत प्रशिक्षण दिइने छ ।
ताम्बा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा सम्भोटा लिपीका प्रशिक्षक दावा वाङगेल मोक्तानले साउन ४ गतेबाट यस ठाउँमा सम्भोटा लिपिको प्रशिक्षण दिएका थिए ।
करीब तीन महिनाको प्रशिक्षणपछि प्रशिक्षित भएकाहरुलाई दशंैको अवसरमा ञ्युङने कार्यक्रम राखिएको हो । दशैंमा विभिन्न पशु पक्षीको हत्या हुने भएका कारण उनिहरुको आत्माको उद्धारका लागि समितिले ञ्युङने राखेका हुन् । ९ गतेसम्म सञ्चालन हुने मौन व्रतमा करीब ७० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् ।