हुनेले दिएर जाऔ
नहुनेले लिएर जाऔ ।।
यो नारा मेलम्चीका युवाहरुले यतिकै भित्तामा टाँसेका होइनन् । यसको खाास उदेश्य छ । जस्ले अभाव र समस्यामा परेका परिवारको चुल्हो बालि दिन्छ । यही मुख्य मक्सत हो ।
कोरोना भाइरसबाट प्रभावित भएका आम सर्वसाधरणका लागि यो अभियान सञ्चालन गरिएको हो ।
महामारीको समयमा कुनै पनी नागरिक भोकै बस्नु नपरोस् भन्ने अभिप्रायले फुड बैंक नाम दिएर अभियान सुरु गरिएको अभियान्त सोनाम पाख्रिनले जानकारी दिए । उनले भने,‘हुनेले दिएर दिएर सहयोग गरौं र नहुनेले लिएर जाऔ।’