काठमाडौं : साहित्यकार बिना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक भएको छ।
करिब एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय थिङको पुस्तक बुधबारदेखि बजारमा उपलब्ध भएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ।
बैशाखमा नै प्रकाशन हुने बताइएको किताब लकडाउनका कारण रोकिएको थियो। अहिले भने निषेधाज्ञाबीच पुस्तक प्रकाशन गरिएको हो। अनलाइन माध्यमबाट पुस्तक उपलब्ध हुने फिनिक्स बुक्सले जनाएको छ।
थिङको कथा संग्रहमा १३ वटा कथाहरु रहेका छन्। संग्रहमा मूलतः राज्यतहबाट सिमान्तमा पारिएको समुदायको कथा समेटिएको छ।