काठमाडौं । बौद्ध नगर क्षेत्रमा खानेपानी ब्यवस्थापन तथा सडक कालो पत्रे गर्नका लागि ४ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
काठमाडौं महानगरपालिकाको वडा ६ मा पर्ने यस क्षेत्रमा खानेपानी व्यवस्थापन र सडक कालोपत्र गर्नका लागि बौद्ध नगर विकास समितिका अध्यक्ष तेजमान लामा संयोजक रहने गरी तीन सदस्यि समिति गठन भएको छ ।
समितिका सदस्यमा मजिन्द्र सिंह र झुलिराम थापा रहेका छन् । साथै समितिका संयोजक लामालाई बागमती नगर जग्गा एकीकरण आयोजना उपभोक्ताको बोर्ड सदस्यमा समेत नियुक्ति गरेको छ ।