याम्बु : श्री बौद्ध तामाङ कल्याण गुठीले तामाङ पत्रकार संघलाई राहत वितरण गरीएको छ । कोरोना भाइरसका कारण समस्यामा परेका तामाङ पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्यले १० बोरा चामल र दाल १ बोरा हस्तान्तरण गरिएको हो ।
गुठीका उपाध्यक्ष भुवन लामा लगायतका पदधिकारीहरुले संघका अध्यक्ष विष्णु कुमार तामाङ र महाससचिव बुद्ध योञ्जनलाई सो राहत वितरण गरेका हुन् ।