कांग्रेस सिन्धुपालचोकको पाटी कार्यायल भवन निर्माण शुरु

.

मानकाजि पाख्रीन

याम्बु । नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टी कार्यालय भवन निर्माण शुरु भएको छ । विपी स्मृति अध्यन केन्द्र नाम दिएर उक्त भवन निर्माण शुरु भएको हो ।

जिल्ला सदरमुकाम चौतारास्थित कांग्रेस पूर्व सभापति रोहिणी राज सिग्देलले दिएको १३ आना जग्गामा पाटी कार्यालयको भवन निर्माण शुरु भएको पाटी सभापत्ती विकास लामाले जानकारी दिए । उनका अनुसार तीन करोड ७० लाख लगानिमा भवन निर्माण हुने छ ।

संसद विकास कोषबाट परेको २५ लाख र केही आन्तरिक स्रोतबाट तीन तले भवनको निर्माण गर्ने पाटीको योजना रहेको छ ।

यो वर्ष एक तले भवन निर्माण गर्ने र अर्को बर्षसम्ममा भवनले पुर्णता पाउने सभापति लामाले जानकारी दिए ।

माथिल्लो तला निर्माणका लागि आर्थिक सहयोग गर्नेहरुको नामवली राख्ने जनाएको छ । पार्टी स्थापना कालदेखि भाडामा सञ्चालन गर्दै आएको कांग्रेसले आफ्नै कार्यलय नहुँदा विभिन्न समस्या झेल्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार