याम्बु । नेपाल बौद्ध धर्म परिचय समाजले टाउकोको समस्या भएका सुवास घिसिङलाई ८ हजार रुपैँया आर्थीक सहयोग गरेको छ । हैटौडा निवासी हाल बौद्ध बस्दै आएका घिसिङको टाउको अप्रेशन गर्नु पर्ने भएका कारण समाजले सहयोग गरेको हो ।
समाजका महासचिव आचार्य थुप्तेन तामाङ घिसिङले उनको परीवारलाई एक महिना पुग्ने खाद्यन्नसहित ८ हजार रुपैँया सहयोग गरेको हो ।
उनको समस्या, अवस्था र सम्भावनाको विषयमा ‘अर्जुन दृष्टि’ च्यानलले भिडियो बनाएको थियो । उक्त भिडियो देखेपछि समाजका महासचिव आचार्यले टुसालस्थित उनको कोठमा पुगेर घिसिङलाई सहयोग गरेको हो ।