याम्बु । बौद्ध तामाङ कल्याण गुठीले लकडाउनबाट समस्यामा परेको सर्वसाधरणका लागि निः शुल्क खाना खुवाउने कार्यक्रम अघि सारेको छ । गुठीले शनिबार (आज) देखि खाना खुवाउने अभियान थालेका हो ।
गुठीका अध्यक्ष खडगजीत लामाले पहिलो दिन करीव ४ सयले खाना खाएको जानकारी दिए । उनका अनुसार विपन्न परीवार, दैनिक ज्याला मजदुरी, सडक क्षेत्रमा बस्ने सर्वसाधरणले खाना खाएका हुन् । गुठीले यसअघि पनि विपन्न तथा ज्यालमजदजुरी गर्नेहरुलाई खाद्यन्न वितरण गरेको थियो । अधिकास सर्वसाधरणलाई समस्या भएपछि खाना खुवाउने अभियान थालेका अध्यक्ष लामाको दावी छ ।
साथै यसमा यस क्षेत्रमा बस्दै आएका पर्यटकका लागि समेत खाना व्यवस्था गरिएको छ । गुठीले बौद्ध क्षेत्रमा नै पहिलो पटक चन्द्रजीत मोत्तानको संयोजकत्वमा पुरु गरिएको खाना खुवाउने अभियानमा समेत अग्रभागमा रहेर सहयोग गरेका थिए ।