काठमाडौं । ग्रीनहिल सिटि कोलोनिले विपन्न तथा मजदुरका परीवारलाई तीन दिनदेखि खाना खुवाइरहेकाछन् । कागेश्वरी नगरपालिका वडा न ६ मुलपानीमा कोरोना भाइरसको लक डाउनका कारण समस्यामा परेका मजदुरलाई खाना खुवाएका हुन् ।
ग्रीनहिलसिटि नेवा गुठि समाजका अध्यक्ष पुरन जोशीले मजदुरहरुका लागि लकडाउनभरी खाना खुवाउने जानकारी दिए । उनका अनुसार मंगलबार भने चार सयजनालाई खाना खुवाउने व्यवस्थ गरेका छन् ।