तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको इमर्जेन्सी कोष संयोजकमा सुर्य पाख्रिन

.

याम्बु : तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको इमर्जेन्सी कोष सञ्चालक समितिको संयोजकमा सुर्य पाख्रिनलाई मनोनित गरिएको छ । सो कोषको संरक्षक समितिको अप्रिल २३ मा बसेको बैठकले पाख्रिनलाई संयोजकमा मनोनित गरेको हो ।

संयोजक पाख्रिनलाई कोष संचालन कार्यविधि २०१९ को अधिनमा रही कोषले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन समेत दिएको छ । तामाङ समाज उत्तर अमेरिकाको संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षकले हस्ताक्षर गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार