याम्बु । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दैनिक ज्याला मजदुरी गर्ने विपन्न परीवारलाई राहत वितरण गरिएको छ ।
बौेद्ध आसपासमा रहेका विपन्न तथा केहि निम्न आय भएका १ सय ५० जनालाई खाद्यन्न सहितको राहत वितरण गरिएको हो । गुठीका प्रबन्ध निर्देशक नविन बज्र लामा लगाएतको टोलिले सोमबार दिउँसो राहत वितरण गरेका हुन् ।
उनका अनुसार चामल, दाल, तेल, नुन लगाएतको खाद्यन्न वितरण गरिएको हो । यस गुठीका संरक्षणक चिनिया लामा रहेका छन् ।