1.नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान चैत ९ गतेदेखि १८ गतेसम्मका बन्द गरिएको छ।
2.२५ जनाभन्दा बढी भेला हुने कुनै पनि सार्वजनिक कार्यक्रमलाई रोक लगाइएको छ।
3.विद्यालय तथा विश्वविद्यालयका सम्पूर्ण पठनपाठन तथा परीक्षा कार्यक्रम हुने छैनन्।
4.मानिसको बढी भीडभाड हुने स्थान सिनेमा हल, रंगशाला, जिम क्लब, सांस्कृतिक केन्द्र, स्विमिङ पुल आदि चल्नेछैनन्।
5.सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु ओसार्न निषेध गरिएको छ।
6.सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरिएको छ।
7.अत्यावश्यक सेवा दिनेबाहेकका सरकारी तथा निजी सरकारी कार्यालयका कामकाज बन्द हुनेछन्।
8.देशभर चल्ने लामो दूरीका यातायातमा चैत १० गतेदेखि २१ गतेसम्म रोक लगाइएको छ।
9.राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सबै सेवाहरू आइतबारबाट बन्द रहनेछन्।