‘कोन्ज्योसोम कमललाई नेपाल फर्काई देउ’: चिनीमाया वाईबा

.

याम्बु । भक्तपुरको ठिमीमा प्राणोदय प्राथमिक विद्यालय छ । जहाँ कतारमा मृत्यु दण्ड पाएका कमल थिङको दिदी काम गर्छिन । उनलाई एउटा कोठा दिइएको छ । त्यही कोठामा बस्छिन ‘कमलका श्रीमति चिनीमाया वाईबा’ ।

चिनीमाया भने मजदुर गर्छिन र दिनमा ६ सय रुपैँया कमाउँछिन् । ६ सय रुपैँयाँले कतारबाट श्रीमानलाई नेपाल ल्याउने उनको एउटै मात्र उदेश्य छ । तर, उनले सोचे जस्तो सजिलो भने छैन । किनकी यहाँ लाखौं रुपैँया जुटाउनु उनको लागि भगवान भरोसा बनेको छ ।

उनै चिनीमायालाई खोज्दै हामी पुगेका थियौं । हुन त केही सामाजिक सञ्जाल र अनलाइनमा उनको हृदय रोदनको भाव सुनिसकेका थियौं । तर, एक पटक भेटौं भन्ने भावना ममा रोकिएको थिएन ।

ठिमीको पूल…

चिनीमायाको प्रश्न !

लास्सो ‘ज्यो ज्यो’ । तपाई नै हो मलाई खोज्दै आउनु भएको ?

मैले सोध्ये, ‘चिनिमायाँ तिमी नै हो’ ।

उनले भनिन् ,‘हो, ज्यो ज्यो’

कुर्ता सुरुवाल लगाएकी र चेन बिग्रीएको ज्याकेट अनि दुःखले भरिएको त्यो २५ औं बसन्त पार गर्दै गरेकी चिनीमाया देखेर कस्को मन अमिलो नहोला र ।

उनले भनिन्,‘ज्यो ज्यो कोठारीन निसाम ज्याबा ताला वा ।’ (कोठमा नै जान पाए राम्रो हुने थियो) ।

कोठामा चिया र बिस्कुटभन्दा पनि उनको कुरा सुन्नु थियो । चिया पकाउँदा पकाउँदै उनले आँशु पुछिन,‘सायद म अभागी रहेछु ।’ अचानक कोठामा ‘सन्नाट’ छायो ।

मनोबल र आत्माविश्वास भराउने भन्दा अरु विकल्प थिएन । तपाई अब रुनु पर्दैन । कमललाई बचाउन र नेपाल फर्काउनका लागी कतारकै तामाङहरुबाट सहयोग जुटि रहेको छ, भन्दा उनले भनिन्,‘हो र’ ।

‘मेरो दुईटा छोरी छ । दिउँसो ज्यामी काम गर्छु । बिहान बेलुका खाना खानै पर्छ,’ चिनीमायाले भनिन्,‘काममा गएको दिन ६ सय रुपैँया आउँछ । कहिले काँही त्यो पनि ढिला हुन्छ।’

उनी रुन मिल्ने भए बेस्सरी रुन्थिन होला, घरि घरि आँशु पुस्छिन् । ‘कोन्ज्योसोम कमलदा छिटै याम्बुरी पुइगो’ ।’
उनलाई नेपाली भाषाभन्दा पनि तामाङ भाषा सजिलो लाग्दो रहेछ । यसकारण हामीसँगको धेरै संवाद तामाङ भाषामा नै रह्यो ।

प्रेम विवाह ……….

कमलसँग विवाह भएको ७ वर्ष भयो । हामीले मागी बिवाह गरेको होइन । माया बसेपछि भागी बिवाह गरेको हो । गाउँमा दुःख छ । दुई छोरी भइसकेको छ । मेरो बुबाले १ लाख ३० हजारमा कमललाई ऋण खोजेर कतारमा पठाएको हो । ऋण सबै चुक्ता भइसक्यो । अब, मलाई पैसा चाहिदैन, कमल भए पुग्छ । मेरो दाजु भाईले कमललाई बचाउनका लागि पनि सहयोग गरिरहेको छ । म तामाङ चेली भएकाले सबैले सहयोग गरिदिनुहोस भन्न, चाहान्छु ।

घटना के हो ?

कतारमा एउटै कम्पनीमा कार्यरत धनुषा जिल्ला घोडाघोडीका शिव राजन राउत र सिन्धुली जिल्ला मरिण गाउँपालिका २ निवासी कमल थिङ तामाङ साथी थिए । उनीहरु एक अर्कामा नजिकका साथी । उनीहरु ठटट पनि गथ्र्ये ।

तर, सेप्टेम्बर ८, २०१८ मा दुई साथीहरु ठट्टा कै क्रममा राउतको मृत्यु भएको घटना कमलको लागि अकल्पनिय घटना भयो ।

घटना लगतै कतार प्रहरीले कमल थिङलाई पक्राउ मात्रै गरेन ६ महिना कारागारमा राखे । साथै उलने दुई लाख कतारी रियाल अर्थात करीव ६० लाख ब्लड मनि तिर्नु पर्ने फैसला त्यहाँको अदालतले सुनायो ।

कमलको लागि ६० लाख जम्मा गर्ने विषय कल्पनामा पनि थिएन ।

वैदेशिक रोजगार उद्यार नेपालमा

अहिले कमल थिङ बचाउ अभियान चलिरहेको छ । उनको परिवारले वैदेशिक रोजगार उद्दार नेपालमा निवेदन दिएका छन् ।

वैदेशिक रोजगार उद्दार नेपालले दुवै पक्षबीच भेटवार्ता गराएको छ ।

दुई पक्षको भेटवार्तापछि १० लाखमा सहमति गराएको छ । यस क्रममा ४ लाख रुपैँया जम्मा भएको चिनीमायाको भनाइ छ ।

नेपाल प्रवासी तामाङ समाज कतारको सक्रियता

नेपाल प्रवासी तामाङ समाज कतारले कमल थिङ बचाउ अभियान चलाएको छ ।

समाजले कमललाई नयाँ जीवन दिनका लागि आर्थीक सहयोग जुटाउने अभियान चलिरहेको निवर्तमान अध्यक्ष तिर्थ थिङको भनाइ छ ।

साथै अहिले विभिन्न संघ संस्थाले पनि कमल बचाउ अभियानमा सहयोग गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार