नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित
प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलनद्वारा जारी गरिएको काठमाडौं
घोषण–पत्र, २०७६
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘‘पर्यटन र बोम्बो संस्वृmति ः नेपालको मौलिक पहिचान विश्वको लागि फरक खोज’’ नारासहित नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित तथा बौद्धनाथ क्षेत्र विकास समिति, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोसियन अफ नेपाल, बनेपाल पर्यटन बोर्ड र तामाङ कल्याण गुठी, बौद्ध समेतको सहकार्यमा आयोजित प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन, २०७६ मा सहभागी हामी विभिन्न भौगोलिक क्षेत्रमा रहेका बोम्बोहरुहाम्रा महान् पुर्खाहरुले स्थापित गराइराख्नु भएका साथै विश्व मानवसभ्यताले प्राप्त गरेको पहिले तथा धर्महरुका जनक एवंरीतले पहिलो पेशाको रुपमा स्थापित बोम्बोलाई स्वीकार गर्दै; यसले सभ्यता निर्माणमा पु¥याएको योगदानप्रति विश्वस्त रहँदै; समानुकलनको क्षमतासहितको बोन तथा बोम्बो सम्बन्धी सगौरव यो ९ (नौँ) बुँदे घोषणा गर्दछौं ।
१. परापूर्व कालदेखि तामाङ समाजमा बोन (लबोन÷वmेवmेलबोन, लप्तबा) एवं बोम्बो गरी दुई फरक विधाहरु अभ्यासमा रहेकाले सोही अनुरुप ग्रहण गर्ने तथा आपूmलाई प्रस्तुत गर्नेमा पूर्ण सहमत भएका छौं ।
२. ऐतिहासिक कालखण्डदेखि बोम्बो अभ्यासमा रहेका विधाहरुका पहिचान गरी अभैm स्पेसिफिक (विधागत विशेषज्ञता) हासिल गर्न गराउन आवश्यक अभ्यासको निमित्त प्रोत्साहित भएका छौं ।
३. उत्तर–आधुनिकतालाई समेत पार गरेर अघि बढिसवmेको समाजलाई ढुङ्गेयुगतिर फर्काउन खोजेको, अन्धविश्वासमा अडेको साथै जङ्गली सोच र व्यवहारको प्रतीक भएको भूmठो आरोेपलाई चिर्दै सत्यतथ्य उजागर गर्नाका लागि बोन तथा बोम्बोमा भएका परिवर्तनशील विशेषता बारे विमर्श तथा प्रकाशन गर्दै अघि बढ्नेछौं ।
४. बोन तथा बोम्बोमा रहेको कस्मोलोजी (खगोलशास्त्र)को बारेमा अध्ययन अनुसन्धान गर्दै प्रकाशन गर्न गराउन अत्यावश्यक भएकोले १०(दश) वर्षे योजना निर्माण गरीकार्य थालनी गर्नेछौं ।
५. चराचर जगत् अन्तर्गतका मानव, जीव, वनस्पति तथा पर्यावरणसहितका शक्तिहरुलाई समेत हेर्ने साथै गरिने बोन तथा बोम्बोका व्यवहारमा वैज्ञानिक तथा दूरदर्शी मूल्य मान्यताहरु रहेकाले तिनका उजागर गर्नुपर्नेमा सहमत छौं ।
६. उपचार विधिमा सुधार गर्दै देखिएका विसङ्गतीलाई न्यूनीकरण गर्न गराउन आवश्यक पहल गर्ने सहमति जनाउँदछौं ।
७. बोन तथा बोम्बो अभ्यासमा रहेका समय–यात्र (टाइम ट्राभल) तथा टेलिप्याथी जस्ता विज्ञानसम्मत् पक्षका बारेमा विशेषज्ञद्वारा अध्ययन अनुसन्धान गराउँदै; बोन तथा बोम्बोलाई अभैm विज्ञानसम्मत् बनाउँदै लैजानेमा दृढ सङ्कल्प गर्दछौं ।
८. प्राथमिक तहका विद्यालयस्तरीय पाठ्यक्रममा बोम्बो सम्बन्धी गलत सूचनासहित अध्ययन अध्यापन गर्दै गराउँदै आएका हुनाले त्यस्ता कार्य अविलम्ब रोक्नुपर्ने माग गर्दै अनादिकालदेखि प्रचलित मौलिक पहिचानसहितको सामाजिक, सांस्वृmतिक एवं धार्मिक पक्षमाथि प्रहार गरिरहेको खण्डमा विविध घातक समस्या आइपर्ने हुनाले सम्बन्धित पक्षहरुलाई सचेत हुन अनुरोध गर्दछौं ।
९. आगामी योजना अन्तर्गत स्व–राष्ट्रिय (इमिक) विधि अनुरुप अध्ययन अनुसन्धान गरी प्राप्त सूचनाका प्रशोधन मार्पmत सैद्धान्तिकीकरण गर्दै बोन तथा बोम्बोलाई प्रावृmतिक जीवनको पूर्वाधार एवंरीतले विज्ञानको जनक साथै अभ्यासकर्ताको रुपमा स्थापित गर्न गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
४ फागनु २०७६