देशु गोले फाउण्डेशनको सहकार्यमा विष्णु मायालाई ६० हजार हस्तान्तरण

.

सिर्जना तामाङ

काठमाडौं । देशु गोले फाउण्डेशन नेपालको सहकार्यमा क्यान्सर पीडितका परिवार विष्णुमाया लो लाई ६० हजार रुपैयाँ वितरण गरिएको छ । प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय बोम्बो सम्मेल समारोहमा सो रकम हस्तान्तरण गरिएको हो ।

नेपाल तामाङ बोम्बो संरक्षण समाजले आयोजना गरिएको बोम्बो सम्मेलनमा प्रदेश सभा सदस्य प्रेम तामाङ, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामा, इन्डिजिनियस टेलिभिजनका सञ्चालक जगत दोङ लगाएतले उक्त रकम हस्तान्तरण गरिएको हो ।

फाउण्डेशनले विष्णुमायालाई १५ हजार रुपैयाँ सहयोग गरेपछि अतिथिहरुले सहयोग गरेका थिए । यसक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले १० हजार, समितिकै कार्यकारि निर्देशक वसन्त लामाले ५ हजार, अन्य सदस्य तथा समाजसेवीहरुको सहयोगमा ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

अहिले विष्णुमाया लो तामाङको बुबाको उपचार भइरहेको छ भने उनको आमाको केही हप्ताअघि क्यान्सरकै कारण निधन भएको थियो । सामाजिक क्षेत्रमा क्रियाशिल देशु गोले फाउण्डेशनले सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार