रौतहटमा निर्वाचन आचारसंहिताको यसरी धज्जी उडाइंदैछ

डमी उम्मेदवार उठाएर गाडी प्रयोग गर्नेदेखि बालवालिका प्रयोगसम्म

.

रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

दलका नेता कार्यकर्ता मात्र होइन स्वतन्त्र उम्मेदवारले पनि आचारसंहिता लत्याई रहँदा अनुगमन गर्ने निकाय भने मौन छ ।

आचारसंहिताले बन्देज गरेका हरेक गतिविधी रौतहटका १८ वटै स्थानीय तहका उम्मेदवारले जारी राख्दा पनि अहिलेसम्म कसैलाई कारवाही गरिएको छैन । आचारसंहितामा उल्लेख गरि एका अधिकांश बुदाँहरु यहाँका उम्मेदवारले उलंघन गरी सीमा नाघिसकेका छन ।

निर्वाचन आयोगको आचारसंहिताको परिच्छेद २ को आठ नम्बर बुदाँमा राजनीतिक दलका उम्मेदवारहरुले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मीक पुरातात्वीक भवनाको भित्तामा पर्चा टाँस्न मनाही गरिएको भए पनि रौतहटमा त्यसको पालना भएको छैन् । त्यसै गरी बुदा नंम्बर १३ मा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख भए पनि त्यसको अवहलेलना गरिएको छ ।

यसै गरी आचारसंहिताको परिच्छेद पाँचको १२ नम्बर बुँदामा आमसभा गरेको स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पीकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने भनिएको छ । रौतहटको गरुडा नगरपालिका लगायत दर्जनौ नगरपालिकामा उम्मेदवारहरुले ट्रयाक्टर र भ्यानमा जेनेटर सहित ठूला लाउडस्पीकर र साउण्ड बक्सहरु प्रयोग गरेर प्रचार प्रसार गरी रहेका छन । निकै ठूलो ध्वनीमा गुञ्जीने यस्ता यन्त्रहरुका कारण घरभित्र बस्न तथा राति निदाउन समेत गाह्रो भएको गरुडा नगरपालिकाका स्थानीय केशव साह बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार