काठमाडौं – पौष कृष्ण औँसीका दिन नुवाकाेट जिल्ला विदुर नगरपालिकामा अवस्थित उत्तरगयामा बिहानै देखि भक्तजनहरु भिडभाड रहेकाे थियाे ।
रसुवा र नुवाकोटको सङ्गमस्थल त्रिशुलि,बेत्रावती,रुद्रमती काे सँगम स्थल त्रिवेणी धाममा आज पितृकाे नाममा श्राद्ध( श्रद्धा) गर्न टाढा -टाढाबाट श्रदालुभक्तजनहरु आएकाे पाइन्छ आजका दिन नजिकका तिर्थस्थलहरुमा गएर स्नान गरेर पितृकाे नाममा पितृ तर्पण , पिण्डदान सिद्धा दान गरे पितृहरुले माेक्ष प्राप्त भै पुन:जन्म हुने धार्मिक जनविश्वास रहि आएकाे पाइन्छ ।











