जापानमा फेरि नयाँ खतरानात्मक कोरोनाको संकेत,पछि सबै देशका नागरिक जापान जान रोक

.

१२,पौष,काठमाण्डौं । जापानले मानिसमा छिटो सर्ने नयाँ प्रजातिको कोरोना भाइरस आफ्नो देशमा प्रवेश गर्न नपाओस भनी कुनै पनि देशबाट जापान प्रवेश गर्न रोक लगाएको छ। यो नियम सोमबारदेखि लागु हुने र जनवरीको अन्त्यसम्म कायम रहने जनाएको छ। विदेशमा रहेका जापानी नागरिक र जापानमा रहेका विदेशी नागरिकले सम्बन्धित देश जान भने सक्ने छन्।

जापानबाट बेलायत भ्रमणमा गएका पाँच जना व्यक्ति नयाँ प्रजातिको कोरोनाबाट संक्रमित भएको पाइएको जापान सरकारले जनाएको छ । कम्तीमा तीन महिना जापानमा बस्ने मानिसलाई अक्टोबर महिनापछि जापानले प्रवेशको अनुमति दिएको थियो। जसका लागि १४ दिनको क्वारेन्टिनको सर्त राखिएको थियो।

नयाँ प्रजातिको कोरोना भेटिएपछि जापानले बिहीबार बेलायत र शुक्रबार दक्षिण अफ्रिकाबाट यात्रा प्र’तिबन्धको सूचीमा राखेको थियो। लामो समयका लागि भिसा दिन भने अहिले रोकिनै रहेको छ। बिदेशबाट फर्किने सबै जापानीलाई १४ दिन क्वारेन्टिनमा बसिदिन सरकारले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार