
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल–जापान सम्बन्ध, दीर्घकालीन मित्रता, र पारस्परिक हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्तामा दुई देशबीच आर्थिक सहयोग, पूर्वाधार विकास, मानव स्रोतको क्षमता अभिवृद्धि, र सांस्कृतिक आदान–प्रदानलाई अझ सुदृढ बनाउने विषयमा विशेष चर्चा गरिएको थियो।
प्रधानमन्त्री कार्कीले जापान सरकारबाट नेपाललाई प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा दुई देशबीचको सहकार्य र सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।