
काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो रहेको बताएका छन् । चीनको तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग उभिएर भएको भलाकुसारीको तस्विर सार्वजनिक गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच आज भेट भएको हो । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि चीन पुगेका हुन् । प्रधानमन्त्री ओलीले हिजो (शनिबार) चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सि जिनपिङ भेटवार्ता गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले भने आज तियान्जिनमा विश्वका विभिन्न देशका नेताहरुसँग उभिएर भेटेका तस्विर सार्वजनिक गरेका छन् । सुरुमा नेपालका प्रधानमन्त्री ओलीसँग उभिएर हात समाएर गरेको भेटको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा नेपालसँगको गहिरो सम्बन्ध रहेको लेखेका छन् ।
जहाँ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले मोदीलाई नमस्कार गरेकी छिन् । लगत्तै, मोदीले एक्समा माल्दिभ्सका राष्ट्रपतिसँग उभिएरै भेटेको तस्विर सार्वजनिक गरे । त्यसपछि इजिप्टका प्रधानमन्त्री, बेलारुसका राष्ट्रपति, ताजिकिस्तानका राष्ट्रपतिसँग पनि उभिएरै भेटेको तस्विर मोदीले सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओली र मोदीबीच यही भेटवार्ता नै साइडलाईन भेटवार्ता हो वा होईन भन्ने खुलेको छैन । तर, प्रधानमन्त्री ओलीले भोलि (सोमबा) रूसी राष्ट्रपति भ्लादिमिर