
बागमती प्रदेशस्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी नुवाकोटमा
विदुर (नुवाकोट), वैशाख २१, नेपाल प्रज्ञा प्रतिष्ठानले ६८ औँ वार्षिकोत्सवको तयारी गर्दै गर्दा प्रज्ञा प्रतिष्ठानको कामको विषयले चिन्तित बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बताउनुभएको छ ।
‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने नारासहित वैशाख २० र २१ गते नुवाकोट बट्टारमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको (सेमिनार हल) मा आयोजित दुईदिने बागमती प्रदेशस्तरीय तेस्रो प्रज्ञा नारी काव्य सङ्गोष्ठी कार्यक्रममा बोल्नुहुँदै कुलपति राईले नेपाली भाषा साहित्यमा संस्कार र संस्कृतिहरुको संवद्र्धन र प्रवद्र्धन गर्नका लागि विभिन्न जील्लाका रैथाने बस्तीमा पुगेर अध्यन अनुसन्धान गरिरहँदा इतिहासलाई खोतल्न प्रज्ञा अझै पनि पछि रहेको तथ्यांक संकलन भएकाले प्रज्ञालाई जनतासम्म पुर्याउन अभियानका रुपमा लिएर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले संस्कार र संस्कृतिको इतिहास जनताको मौखिक परम्परामा धेरै पाइने भएकाले मौखिक इतिहास खोज्न नेपाल प्रज्ञा प्रतिष्ठानका सबै विभागहरु अबका दिनमा सक्रिय भएर लाग्ने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य राज्यलक्ष्मी पाडे श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले नारी स्रष्टाकै बाहुल्यतामा नारी स्रष्टासम्बन्धी केद्रित रहेर गरेको नारी काव्य सङ्गोष्ठीले नुवाकोटका नारी साहित्यकारहरुलाई साहित्य लेखनमा थप उर्जा दिएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान दलगत नभएर सबै सर्जकहरुको साझा थलो भएकाले आफूले काव्य विभागमा रहँदा काव्यलाई नै प्रमुख प्राथमिकता दिईरहेको नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य÷काव्य) विभागकी प्रमुख बाबा बस्नेतले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा कविता महोत्सवलाई समेत परिमार्जन गरेर नयाँ कदम चालिएको साथै सबै भाषालाई प्राथमिता दिएर महोत्सवलाई नयाँ स्वरुप दिएकाले काव्य विभागमा कविता महोत्सवका लागि गत वर्षको तथ्यांक अनुसार ४२ वटा भाषाका कविता संकल भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा मातृ भाषाको कविताको तथ्यांक अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सह सचिव सन्ध्या पहाडीले महिला हिंसा र असमानताबारे नारी काव्यका माध्यमबाट नारीहरुलाई जागरुक बनाउन सकिने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस जील्ला सभापति नुवाकोटका राजु थापाले नेपाली कवितामा नारीहरुको सक्रियता र योगदान के कस्तो छ भन्ने जानकारी काव्य गोष्ठीले दिएको बताउनुहुँदै प्रज्ञाले गरेको कार्यक्रम सार्थक रहेको बताउनुभयो ।
नुवाकोट साहित्य प्रतिष्ठानकी उपाध्यक्ष जानुका दाहालको अध्यक्षतामा सम्पन्न बागमती प्रदेशस्तरीय तेस्रो प्रज्ञा नारी काव्य सङ्गोष्ठी कार्यक्रममा बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका नारी कविहरूको कविता प्रस्तुति तथा बागमती प्रदेशमा महिला कविको उपस्थीति विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्र प्रस्तुत गर्नुहुँदै साहित्यकार लिला लुइटेलले नेपाली कविता लेखनमा नारीहरुको उपस्थिति र योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले कार्यपत्र सर्वेक्षणपरक रहेको उल्लेख गर्नुहुँदै सबैको सल्लाह र सुझावबाट नै पूर्ण हुने अपेक्षा गर्नुभयो । कार्यपत्रमाथी समालोचक डा. अनुपमा रेग्मी र नुवाकोट साहित्य प्रतिष्ठानकी सदस्य प्रमिला परिले टिप्पणी गर्नुभएको थियो । साथै ‘काव्य सिर्जनामा नारी’ विषयमा गहिरो अन्तक्र्रिया पनि सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी ३० कविहरूले महिला सशक्तिकरण, सामाजिक न्याय र साहित्यमा नारीका अनुभूतिहरू उजागर गर्ने सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य÷काव्य) विभागको आयोजनामा गरिएको सो कार्यक्रममा सहआयोजकको रूपमा नुवाकोट साहित्य प्रतिष्ठान र सहयोगी संस्थाको रूपमा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको महत्वपूर्ण योगदान रहेको थियो ।
नुवाकोट साहित्य प्रतिष्ठानकी सचिव भगवती खनाल ’सुनाखरी’को सहजीकरणमा सम्पन्न भएको सो कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तारा बहादुर कार्की, समाजसेवी रामप्रसाद जोशी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी ,कवि एवं संचारकर्मी मणि लोहनी, गोरखापत्र दैनिकका तुलसी हरी कोईराला साथै स्रष्टाहरू बेन्जु शर्मा, जलेश्वरी श्रेष्ठ, एलिसा ढुङ्गाना, डा. शशी थापा पण्डित, लक्ष्मी रुम्बा, भैरवी भुगोल, बिमला दाहाल, रजनी कार्की, सम्झना गौतम, धनमाया राई, तारा तामाङ, , उषा तिवारी, दुर्गा किरण अधिकारी, ललिता दोषी, सुशीला खड्का ’हसिना’, द्वारिका कुँईकेल, पञ्चकुमारी परियार, सुफल थपलिया, बिना थिङ, भगवती बस्नेत, शान्ति रिसाल, पार्वती अधिकारी ’पारु’, सुष्मा रेग्मी, दीक्षा लामा, आयुसा आचार्य, कल्पना खरेल, इन्दिरा निरौला र शान्ता कटवाल लगायत स्थानीय साहित्यकार एवं सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।