राष्ट्रपति पदका लागि पर्याे दुइ उमेदवारी ।

.

काठमाडौं, १३ फागुन ।यहिँ फागुन२५गते हुने राष्ट्रपति निर्वाचन का लागि दुइ  पूर्वसभामुखहरु भिड्ने भएका छन्।

अहिले सम्म उम्मेद्‍वारी मनोनयनका दर्ताको लागि तोकिएक समय सीमासम्म २ जनाको मात्रै उम्मेद्‍वारी परेको छ।
राष्ट्रपतिका लागि शिर्ष दुई दलले मात्रै उम्मेद्‍वारी मनोनयन दर्ता गराएका छन्। उम्मेद्‍वारी दर्ता गराउनेमा नेपाली कांग्रेसको तर्फबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ रहेका छन्। उनीहरु सांसद्‍का साथै पूर्वसभामुखपनि भइसकेका ब्यक्ति हुन्।
पौडेललाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत ८ दलको साथ रहँदा नेम्वाङलाई हालसम्म एमालेबाहेकका दलहरुले समर्थन गर्ने निर्णय गरेका छैनन्।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा संविधानअनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार