कुलमान घिसिङको दुई वर्ष कार्यकाल थप्ने तयारी, बिहीबार मन्त्रिपरिषदमा प्रस्ताव लगिने

.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको दुई वर्ष कार्यकाल थपिने भएको छ ।

घिसिङलाई दुई वर्षका लाथि बिहीबार मन्त्रिपरिषदमा प्रस्ताव पेश हुने उच्च स्रोतले जनाएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन् । खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार