काठमाडौं । आज टुल्कु कर्म वाङजु लामाको विशेष दिन अर्थात जन्म दिन । यानिक आज साउन २५ गते । उहाँ जन्म २०६९ साउन २५ गते भएको हो ।
०७३ को सुरुवातमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ५ मा अवतारी अर्थात टुल्कुको जन्म भएको खबर सर्वत्र फैलियो । तर, यस खबरमा केहीले विश्वास गरे केहीले गर्न सकेन । यद्यपी तेमाल क्षेत्रमा प्रसिद्ध स्व.कर्णबहादुर लामाको पुनर्जन्मको रुपमा कर्म वाङजु जन्मिएको पुष्टि भयो ।
उहाँको पुनजन्म कसरी भयो ?
काभ्रेमा मात्रै ख्याति प्राप्त थिएनन्, कर्णबहादुर लामा । उहाँ दोलखा, रामेछाप र सिन्धुलीका केही भूभागसम्म उहाँको चर्चा हुन्थ्यो । यस्ता प्रसिद्ध लामा २०६२ वैशाख १९ गते स्वर्गवास हुनु भएको थियो ।
उहाँले स्वर्गवास हुनुभन्दा अघि छोराहरुलाई बोलाएर आफूले चलाएका धार्मिक पुस्तक लगाएतका सामानहरु सुरक्षित राख्न आग्रह गरेका थिए ।
यसको ८ वर्षपछि उहाँकै पुनर्जन्मको रुपमा सोहि ठाउमा धनध्वज तामाङ र धनकुमारी तामाङको कोखबाट टुल्कु कर्म वाङजु तामाङको जन्म भयो ।