राष्ट्रिय अपाङ्ग कोषका सभापति लामाले भने ‘स्वार्थ र प्रभावमा कार्य सम्पादन हुँदैन’

.

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषमा कार्यकारी सभापतिको रुपमा रमेश लामाले पदभार सम्हालेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले लामालाई साउन १ गतेदखि ४ वर्षका लागि नियुक्ति गरेको हो ।

शुक्रबारदेखि लामाले पदभार सम्हालेका छन् ।

‘मलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्नु भएकोमा मन्त्री पार्वत गुरुङप्रति आभार प्रकट गर्न चाहान्छु,’ उनले भने,‘ कोषको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै प्रकारको प्रभाव, स्वार्थ वा लोभमा नपरि कार्य सम्पादन गर्ने प्रतिवद्ता गर्दछु ।’

नेपाल सरकार अपाङ्गता संगठन नेपाल परिवार, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, गैससं महासंघ नेपाल परिवार लगायत अपाङ्गता संघरसंस्थाहरु साथै यहाँ सम्मको यात्राको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्न सबैमा लामाले कृतज्ञता ज्ञापन गरेका छन् ।

  • गोसाइकुण्ड यात्रा पनि हेरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार