याम्बु । तामाङ चलचित्र प्राविधिक तथा कलाकार र निम्नवर्गलाई राहत सहयोग अभियान सुरु भएको छ । तामाङ चलचित्रका लेखक तथा नायक ऋतुराज पाख्रीन र निर्देशक अजय स्याङ्तानको समन्वयमा उक्त अभियान सुरु भएको हो ।
महामारीको रुपमा विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) ले नेपालमा पनि समस्या थपेकाले कलाकार, पत्रकार र सामान्य परीवारलाई राहत प्याकेज अभियान थालिएको जानकारी दिएको छ ।
अभियन्ता तथा संयोजक ऋतुराज पाख्रीनले लकडाउनको समयमा अफ्ठरोमा परेको कलाकार र सामान्य परिवारलाई राहत वितरण शुक्रबारदेखि सुरु हुने जानकारी दिए । उनका अनुसार अहिले नामवली संकलन भइरहेको छ ।
‘दुई महिनाको लक डाउनले झन समस्या थपिएको छ । यस्तै हुने हो भने अब के हुन्छ । यो सामान्य विषय होइन,’ कार्यक्रम संयोजक पाख्रिनले भने,‘हामीले यो अभियान चलाउनुको मुख्य उदेश्य भनेको आपतमा रहेकालाई सहयोग गर्ने हो । भएर होइन, समन्वय गरेर सहकार्य गर्ने हो ।’
राहतको वितरण र सहकार्य पार्दशी ढंगले हुने पाख्रिनको भनाइ छ । अभियानकर्मीको टिमले एक सय जनाको परिवारलाई राहत वितरण गर्ने योजना बनाएको छ ।
बाँकी रहेका रकम ‘आपत्तकालिन तामाङ कलाकार कोष’ खडा गर्ने बताइएको छ । यस अभियानमा स्वदेश तथा विदेशका शुभेच्छुकहरुले सहयोग गरीरहेको संयोजक पाख्रिनको भनाइ छ । यो कोषले तामाङ कलाकारहरुमा दिर्घकालिन रुपमा प्रभाव पार्ने छ ।
कहिलेसम्म रकम कति उठ्यो ?
अभियानको क्रममा बुधबारसम्म १ लाख ४४ हजार ९ सय ७२ रुपैँया जम्मा भएको छ । सहयोग गर्ने दाताहरुको नामवलि यस प्रकार रहेको छ ।
(१) फुर्बा दोर्जे मोक्तान तामाङ रु,३१,१३०/- मलेसिया
(२)ऋतुराज पाख्रीन रु,१०,०००/-नेपाल
(३)अजय स्याङतान रु,१०,०००/-नेपाल
(४)अनिता नेगि रु, ५,०००/-नेपाल
(५)रन्जिता ब्लोन लामा रु, ५,०००/-नेपाल
(६)रोशन फ्युबा तामाङ रु, ५,०००/-नेपाल
(७)दावा फिन्जो तामाङ रु,५,०००/-नेपाल
(८)अन्जुली लोप्चन रु,५,०००/-दुबई
(९)रन्जिता स्याङतान रु,५,०००/-दुबई
(१०)बिनोद लामा रु,५,१५०/- नेपाल
(११)सागर लामा रु,५,१०१/-मलेसिया
(१२)सन्दिप स्याङतान रु,५,०००/-नेपाल
(१३)कुमार ओख्रेली रु,५,०००/-कतार
(१४)छिमि माम्बा रु,५,०००/-नेपाल
(१५)मनिश लोप्चन रु,५,०००/-दुबई
(१६) टुल्साङ मोक्तान रु,५,०००/-नेपाल
(१७)आश्मान वाइबा रु,१०,५००/-नेपाल
(१८)जीवन घ्लान रु,५,०४१/-मलेसिया
(१९)संगीता मोक्तान रु,३,०००/-दुबई
(२०)दिपक थिङ रु,१०,०५०/-कतार