याम्बु । बौद्ध स्तुपा क्लवले बौद्ध क्षेत्रमा दैनिक मजदुरी खाने परीवारलाई राहत वितरण गरेको छ । बाग्मती प्रदेश सभाका सदस्य छिरिङ दोर्जे लामा, बौद्ध तामाङ कल्याण गुठीका उपाध्यक्ष भुवन लामा, क्लवका अध्यक्ष रितेश तामाङले संयुक्त रुपमा खाद्यन्न सहितको राहत वितरण गरिएको हो ।
यस सामाजिक कार्यका लागि बौद्ध तामाङ कल्याण गुठीले २५ हजार, बसन्त लामाले ५ हजार, चन्द्रमान लामाले ५ हजार, सहयोग गरेका थिए । यस्तै गोकर्णेश्व नगरपालिका प्रमुख सन्तोष चालिसे, विमल ठाकुर लगाएतले सहयोग गरेको क्लवका अध्यक्ष रितेश तामाङको भनाई ।
उनका अनुसार कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी खाने परिवारलाई जिविको पार्जन गर्न समस्या हुने भएकाले खाद्यन्न लगाएतको राहत विरण गरिएको हो ।