एसएसपी बसन्त कुमार लामालाई डीआईजी बढुवाका लागि सिफारिस

.

याम्बु । नेपाल प्रहरीका एसएसपी बसन्त कुमार लामालाई नेपाल सरकारले डीआईजी अर्थात प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ । उनीसहित १० जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरुमध्येबाट डीआईजीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव शैलेश थापा क्षेत्रीले जानकारी दिएका हुन् ।

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा ८ जना २०७४ साउनमा एसएसपी भएका र दुई जना २०७५ जेठमा एसएसपी भएका हुन्।
वरीयता क्रमअनुसार घनश्याम अर्याल पहिलो नम्बरमा सिफारिस हुँदा प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा क्रमशः सिफारिसमा परेका छन्।

धिरजप्रताप सिंह, वसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको हो । नेपाल प्रहरीमा पहिलेको दरबन्दीअनुसार २२ जना डीआईजीको पद रिक्त भए पनि १२ जनाको दरबन्दी काटौती भएपछि १० जना सिफारिस गरिएको हो।

अहिले चार जना डीआईजी कार्यरत छन्। डीआईजीहरु निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोख्रेल कार्यरत छन्। कार्की प्रदेश २ मा, शाही सीआईबीमा, उपाध्याय प्रधान कार्यालयमा र पोख्रेल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार