कोरोनाबाट जोगिन बौद्ध क्षेत्रमा किटनाशक औषधी छर्कियो

.

याम्बु । बौद्धनाथ क्षेत्रमा स्थानीयतह र विभिन्न क्लवको सहकार्यमा किटनाशक औषधि छर्किएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहनका लागि स्थानीय संघ संस्थाको सहकार्यक्रमा किटनाशक औषधी छर्किएको हो ।

चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनबाट नै बौद्ध क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । आइतबार पनि बौद्धनाथ परिसर र आसपासको क्षेत्रमा औषधी छर्किएको छ ।

आदिवासी जनजाति संघ कामपा ६, का अध्यक्ष नवीन वज्र लामाको अनुसार स्थानीय संघ संस्थाको सहकार्यमा औषधी हालिएको हो । कामपा ६ का वडा कार्यालय, बौद्धनाथ क्षेत्र विकास समिति, नेपाली कांग्रेस इकाइ कमिटि ६, टुसाल युवा क्लव स्तुपा क्लब र स्थानीय युवाहरुको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार