कोरोना असर : साढे ४ लाख सर्वसाधरणले छाडे काठमाडौं

.

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण साढे ४ लाख सर्वसाधरणले काठमाडौं छाडेका छन् । आइतबारदेखि लामो दूरीका सवारीसाधन नचल्ने भएपछि काठमाडौंको नयाँ बसपार्क र पुरानो बसपार्कबाट उक्त संख्यामा सर्वसाधरणले काठमाडौं छाडेका हुन् ।

सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधन चलाउन रोक लगाउने घोषणा गरेकै दिन १ लाख ३० हजारभन्दा बढीले राजधानी छोडेको यातायात व्यवसायीले बताएका छन् ।

सामान्य दिनमा ८० हजार मानिस काठमाडौंबाट बाहिरिन्थे। तर, घर फर्किन चाहने यात्रुहरुले सजिलै टिकट पाइरहेका छैनन्।

घन्टौं लाइनमा बस्दा पनि टिकट पाउन गाह्रो छ, काउण्टरहरूमा थामिनसक्नुको भीड लागेको छ। सरकारले अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्न निर्देशन दिएपछि काठमाडौं आउनेको संख्या भने ह्वात्तै घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार